काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।
अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन् । यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेरेका थिए । तर, कार्कीले भने एक महिनाअघि नै मुद्दा हेर्न छाडे ।
प्रधानन्यायाधीश नियुक्त भएको दिन नै सञ्चारकर्मीसँग बोल्दै कार्कीले अवकाशको एक महिना अघिदेखि नै बिदामा बस्ने परम्परा पालना गर्ने बताएका थिए । उनले आफ्नो प्रतिबद्धतानुसार मुद्दा हेर्न छाडेका छन् । कार्कीले आफू २० असारदेखि केही प्रशासनिक काम र आफूले यसअघि हेरेका मुद्दाको फैसला लेख्ने काममा केन्द्रित भएको बताए । अवकाशमा जानुअघि सक्नैपर्ने र यससँग सम्बन्धित कामहरू यस अवधिमा गर्ने कार्कीको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend