काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हरिकृष्ण कार्की आज (आइतबार) इजलासमा बसेका छन् ।
गत जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश कार्की आज भने इजलासमा बसेका हुन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका स्रोतले जानकारी दियो।
पछिल्लो पटक जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । संसदीय सुनुवाइ समितिले उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । कार्कीले शुक्रबार नै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।
शुक्रबार साँझ मात्रै प्रधानन्यायाधीशको सपथ लिएका कार्कीले आइतबार इजलास गठन हुँदा इजलासमा आफूसमेत उपस्थित भएर गोला तानेका थिए । गोलामा कार्कीको नाम न्यायाधीश ईश्वरप्रसाद खतिवडासँग परेको छ ।
काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि आज त्यहाँ पुग्दै छन्। उनको सचिवालयका अनुसार नेपाली...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend