Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको आग्रह: बाढी–पहिरो पीडितलाई सहयोग गर्न तयारी अवस्थामा रहनु


    बुधबार, असार २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । वर्षायाम लागेसँगै बाढी र पहिरोको उच्च जोखिम बढेको र खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

    ‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

    बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार