काठमाडौँ । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको स्पष्ट पारेका छन् । आज नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो ।
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए ।
‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर व्यक्तिगत रुपमा (मुख्यमन्त्रीमा) मेरो दाबी र प्रयास छैन’, उनले भने ।
आफूले दाबी नगरेपछि नै नयाँ प्रक्रिया अघि बढेकाले यसमा समर्थन र सहयोग गर्ने उनले दाबी गरे ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend