Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एमालेको नेतृत्वलाई हमला गरेर कोशीको समस्या हल हुँदैन : भट्टराई


    बिहिबार, असार १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएपछि उनले समाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

    बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने उल्लेख गर्दै उनले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताए ।

    ‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार