काठमाडौं । हवाई सेवालाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणलाई दुई वटा निकाय बनाउने पक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लागेको छ । पर्यटन मन्त्री सुदन किराँती हवाई सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय बनाउने पक्षमा छन् ।
नेपालको हवाइ सेवाको नियामक निकायका रुपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी तयार भएको दुई वटा विधेयक अघिल्लो प्रतिनिधि सभामा दर्ता भएको थियो । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा उक्त बिधेयक दर्ता गरेका थिए । तर प्राधिकरणलाई दुई वटा निकाय बन्न नदिने स्वार्थ समूहको चलखेलका कारण उक्त बिधेयक संसदबाट पारित हुन सकेको थिएन । तर वर्तमान पर्यटन मन्त्री किराँती प्राधिकरणलाई नियामक र सेवाप्रदायक दुई निकाय बनाएरै छाड्ने अभियानमा छन् ।
तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले पेश गरेको दर्ता गरेको विधेयकमा हवाई सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ । त्यही बिधेयक अनुसार प्राधिकरणलाई दुई वटा निकाय बनाउन मन्त्री किराँतीको अभियानमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बाधक बनेका छन् ।
युरोपियन युनियनले नेपालको हवाई सेवाको सुरक्षामा प्रश्न उठाउँदै आएको र प्राधिकरणलाई नियामक र सेवाप्रदायकका रुपमा अलग अलग निकाय बनाउनका लागि सुझाव दिंदैआएको छ । यूरोपमा नेपालको हवाई सेवा सुचारु गर्नका लागि पनि प्राधिकरणलाई नियामक र सेवाप्रदायक गरी अलग अलग निकाय बनाउनुपर्ने आवश्यकतालाई महसुस गरेरै मन्त्री किराँती लागेका छन् । तर महानिर्देशक अधिकारी प्राधिकरणलाई टुक्र्याउन नदिन सक्रिय छन् ।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गंगा दाहालको आशीर्वाद आफूलाई भएकाले मन्त्री किराँतीले चाहँदैमा प्राधिकरण टुक्र्याउन नदिने कुरा महानिर्देशक अधिकारीले हाक्काहाक्की भन्न थालेका छन् । बालुवाटारसम्म पहुँच राखेर उनले विमानस्थलको ठेक्कामा सेटिङ गर्दैआएका छन् ।
प्राधिकरण अलग पार्न नदिने खेलमा महानिर्देशक अधिकारी किन लागेका हुन् त ? पर्यटन मन्त्री किराँतीले प्राधिकरणलाई नियामक र सेवाप्रदायकका रुपमा दुई निकाय बनाउने र सेवातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई प्रमुख बनाउने सुईको पाएपछि प्रदीप अधिकारी बालुवाटारबाट गंगा दाहाललाई प्रयोग गरी यो प्रक्रिया रोक्न लागेको स्रोत बताउँछ ।
प्रदीप अधिकारीले बालुवाटारलाई नै आफ्नो पक्षमा पारी किराँतीलाई मन्त्रीबाटै हटाउने वातावरण तयार पारेको भ्रम समेत प्राधिकरणामा दिइरहेका छन् । जनमत पार्टीका सीके राउतलाई सरकारमा ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन लागेको हल्ला समेत प्रदीप अधिकारीको समूहले चलाउँदैआएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा देखिनेगरी काम गर्ने र लोभलालच नगर्ने मन्त्रीका रुपमा किराँती र नारायणकाजी श्रेष्ठ हुन् । राम्रो काम गर्दागर्दै किराँतीलाई मन्त्रीबाट हटाउँदा प्रधानमन्त्री प्रचण्ड नै अप्ठेरोमा पर्ने अवस्था छ । नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरी २ निकाय बनाउने र यूरोपको आकाशमा नेपाली विमान उडाउने योजना सफल पार्न मन्त्री लागेको अवस्थामा प्रदीप अधिकारी उनलाई हटाउन करोडौं खर्च गर्न समेत तयार भएर लागेका छन् ।
नियामकको मात्र प्रमुख भएपछि विमानस्थलको ठेक्कादेखि जग्गा लिजमा दिएर अरबौं घोटाला गर्न नपाउने भएपछि अधिकारी जसरी हुन्छ प्राधिकरणलाई दुई निकाय बनाउन नदिने चलखेलमा साम, दाम, दण्ड भेद सबै नीति अख्तियार गरी लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा विमानस्थल निर्माण आयोजनाको प्रमुख भई अरबौं रुपैयाँ भ्रष्टाचार गरेका प्रदीप अधिकारी १० तहका कनिष्ट भए पनि शक्तिकेन्द्रमा करोडौं बुझाएर महानिर्देशक भएका थिए । ११ तहका बरिष्ठ ६ जना हुँदाहुँदै १० तहका अधिकारीलाई डीजी बनाउँदा तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेले मात्रै १० करोड रुपैयाँ घुस धनबहादुर बुडामार्फत् लिएको आरोप छ ।
प्राधिकरणले भरतपुर, बिराटनगर, नेपालगंज विमानस्थलको निर्माणको अरबौंका ठेक्का प्रक्रिया अगाडि बढाइरहेको छ । प्राधिकरणलाई २ निकाय बनाएपछि एयरपोर्ट निर्माणमा सेटिङ गरी करोडौं घुस खाने डीजी अधिकारीको डिजाइन असफल हुने भएपछि उनी मन्त्री हटाऊ अभियानमा लागेका छन् । किराँतीलाई मन्त्रीबाट हटाए आकर्षक फन्ड बालुवाटारमा बुझाउने प्रस्ताव समेत उनले लगेपछि सीके राउतलाई पर्यटन मन्त्रालय दिने चर्चा चलेको बताइन्छ ।
डीजी अधिकारीले आँटिला मन्त्री किराँतीलाई बालुवाटारको पहुँच देखाएर खरिदारसरह ठान्ने गरेका छन् । त्रिभुवन विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको भवन नक्सा नै पास नगराई निर्माण गर्ने डीजी अधिकारीले त्यसमा समेत मन्त्री किराँती र काठमाडौंका मेयर बालेन साहबीच विवाद सृजना गराएका छन् । महानगरबाट नक्सा पास नगरी भवन बनाउन पाइँदैन । तर डीजी अधिकारीले भने भवनको नक्सा नै पास नगरी बनाएका थिए । मेयर बालेनले नक्सा पास नगरी बनाएको भवनका बिरुद्ध एक्सन लिएका थिए ।
पछिल्ला दिनमा प्राधिकरण दुई निकाय बनाउने तयारीपछि मन्त्री किराँतीको रिसको झोंक डीजी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक तिवारीसँग पोख्ने गरेका छन् । मन्त्रीको रिसको घानमा तिवारी परेका छन् ।
यसैबीच, डीजी अधिकारी पूर्व पर्यटन मन्त्री प्रेम आले र पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको योजनामा चल्ने गरेका छन् । मन्त्री किराँतीको बारेमा भए नभएका सूचना पनि आलेलाई उनैले लिक गर्ने गरेको आरोप छ । अधिकरीले दिएको सूचनाकै आधारमा आलेले पर्यटनमा स्ुधारको अभियानमा लागेका मन्त्री किराँतीका बिरुद्ध अन्टसन्ट बोल्दैआएका छन् । डीजी अधिकारीले मन्त्री किराँतीका बिरुद्ध मिडियामा सूचना समेत दिने गरेको आरोप छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend