Nepal Face
  • आइतबार, १० साउन २०८३
  • योगेश भट्टराईको टिप्पणी – समाजवादी मोर्चा वृद्धहरुको क्लब


    मंगलबार, असार ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको टिप्पणी गरेका छन् । आज संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको टिप्पणी गरेका हुन् ।

    उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी समेत गरेका छन् । सांसद भट्टराईले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए । उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको जिकिर गरे ।

    भट्टराईले भने, ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो ‘। यो बुढाहरुको क्लब हो । भविष्यको सपना केही पनि छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार