काठमाडौं । काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् । एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ ।
अरनिको यातायात सेवा प्रालिका पूर्वअध्यक्ष एवं महानगरको निर्णयविरुद्ध बनेको सङ्घर्ष समितिका संयोजक केदार क्षेत्रीले कोटेश्वरपूर्वका १२ जिल्लाका यात्रुसँगै साँखु, नाङ्लेभारे र भक्तपुरका यात्रुलाई प्रत्यक्ष असर पर्ने भएकाले निर्णय सच्याउन माग गरे। उनले उपत्यकामा दैनिक साना ठुला चार हजार यात्रुवाहक सवारी भित्रने तथा बाहिरिने भएकाले गोङ्गबु बसपार्कको क्षमता मुस्किलले ७५० वटा बस मात्र अटाउन सक्ने र त्यो क्षमताले नभ्याउने भएकाले महानगरको निर्णय व्यावहारिक नभएको स्पष्ट पारे । बस व्यवस्थापनको नाममा गोङ्गबुमै जानुपर्ने व्यवस्थाले व्यवसायीलाई फाइदा पुग्ने भए पनि यात्रुलाई अप्ठ्यारो पर्ने उनले दाबी गरे ।
उनले एउटा बसपार्कमा सबै यात्रुवाहक सवारीलाई थुपार्नुभन्दा पनि यात्रु ओराल्ने र उकाल्नेसँगै टिकटका लागि कोटेश्वर, चाबहिल र रत्नपार्क क्षेत्रबाट व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend