काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ । सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको हो । ६ बुँदे सहमतिपछि पनि यातायात सुचारु हुन नसक्दा काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाइरहेका छन् ।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।
सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले गण्डकी प्रदेशले गरेको निर्णयका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिए ।
यता यातायात व्यवसायीले समितिमा सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने अडान जारी राखेका छन् । जसका कारण आज पनि यातायात सुचारु हुन सकेको छैन ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend