काठमाडौं । मुख्यसचिव निजामती सेवाको सर्वोच्च पद हो । सचिवहरु मन्त्रीका सल्लाहकार हुन् र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो । तर नेपालमा पछिल्ला दिनमा त्यो पदमा पुगेकाहरुले त्यसको गरिमा कायम राख्न नसकेको महुसस सबैले गरेका छन् । खासगरी २०७२ पछि मुख्यसचिव भएकाहरुले त्यस पदको गरिमा कायम राख्न नसकेको देखिएको छ । २०७२ साउन २० मा मुख्यसचिव भएका सोमलाल सुवेदी २ बर्ष नपुग्दै राजीनामा दिएर २०७४ साउन १ देखि एशियाली विकास बैंक (एडीबी)को उपकार्यकारी निर्देशक भएर गए ।
मासिक १८ लाख तलवको लोभमा उनले पदीय मर्यादा नै भुलेर उपसचिवस्तरको पदमा गएको भनी आलोचना भयो । सोमलाल सुवेदीपछि ३ महिना राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए । लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउनका लागि क्षेत्रीले उक्त पद पाएको चर्चा समेत भएको थियो ।
लोकदर्शन रेग्मीले पनि मुख्यसचिव पदको गरिमा राख्न सकेनन् । उनले बेलायतको राजदूतको लोभ गरी १ महिनाअघि २०७७ असोज १५ मा राजीनामा दिएका थिए । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बेलायतको राजदूत बनाएका थिए । बैरागीलाई साढे ३ महिनाअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा लगी बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । निजामती सेवाको सर्वोच्च पदबाट हटाएपछि किन्चित लज्जा नमानी बैरागी उनलाई थन्क्याउनका लागि सृजना गरिएको सुरक्षा सल्लाहकार पदमा रवाफका साथ बिहीबारै हाजिर भएका छन् ।

सुवेदी, रेग्मीपछि बैरागीले पदको गरिमा कायम राख्न नसकेको र नैतिकतामा स्खलनले मुख्यसचिव पद सधैं हास्यास्पद भएको टिप्पणी पूर्वसचिव अर्जुनकुमार कार्कीले गरेका छन् । कार्की लेख्छन्–‘सोमलाल सुवेदी, लोकदर्शन रेग्मीजस्ता निर्लज्जहरूले बनाएको बाटोमा शंकरदास बैरागी पनि । यिनीहरूको नैतिकतामा रहेको स्खलनले मूख्यसचिवको पद सधैं हॉस्यास्पद । हुनुपर्ने नहुने, हुनै नसक्ने चाहिं हुने नाटकको निरन्तरता ।’
सोमलाल सुवेदीभन्दा प्रशासनिक नेतृत्व क्षमतामा जयमुकुन्द खनाल अब्बल थिए । तर, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको रोजाइमा सुवेदी परे । कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यका जिल्लाबासी र निकट भएकै कारण सुवेदीले मौका पाएका थिए । स्वच्छ छविका भनिएका सुवेदीले मासिक १८ लाख तलबको लोभ गर्दा उनी आलोचनाको पात्र भए । एडीबीको उपकार्यकारी निर्देशकमा सरकारले सहसचिव, उपसचिव पठाउने गरेको थियो भने यसअघिका अर्थमन्त्री जनार्दन शर्माले त शाखा अधिकृतलाई पठाएका थिए । पूर्वमन्त्री शर्माले एडीबीमा भान्जीज्वाई भीमकान्त न्यौपानेलाई पठाएका थिए । अहिलेसम्म उनी नै कार्यरत छन् । शाखा अधिकृत भए हुने ठाउँमा गएकोमा सुवेदी आलोचित भएका हुन् ।
लोकदर्शन रेग्मी क्षमताका आधारमा भन्दा पनि शक्तिकेन्द्रलाई खुसी पारेबापत मुख्यसचिव भएका थिए । तत्कालीन सत्ताको केन्द्रभागमा रहेकी आरजु राणालाई प्रभावमा पारी उनी मुख्यसचिव भएका थिए । शान्तराज सुवेदी, शंकर अधिकारी, डइन्द्रप्रसाद उपाध्याय जस्ता क्षमतावान सचिवहरुलाई घर पठाएर काममा भन्दा चाकरी र शक्तिकेन्द्र रिझाउन खप्पीस रेग्मीलाई मुख्यसचिव बनाइएको थियो ।
बैरागी त जागिरे जीवनभर विदेशी नियोगहरुमा बिताएका परराष्ट्र समूहका कर्मचारी हुन् । नेपालको इतिहासमै सबैभन्दा प्रशासनिक क्षमतासून्य मुख्यसचिवको रुपमा उनलाई लिने गरिन्छ । नेपालका दूरदराजमा सेवा नै नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालको चाकरी गरेकै भरमा बैरागी २०७७ असोज १५ मा मुख्यसचिव भएका थिए ।
सरकारी सेवामा जिल्ला तहदेखि सेवा गर्दैआएका र कार्यक्षमता भएका चन्द्र घिमिरे र केदारबहादुर अधिकारीलाई विश्वास नगरी बैरागीलाई ओलीले मुख्यमन्त्री बनाएका थिए । बैरागी बिचौलियाको घेरामा रमाउने गरेको आरोप लाग्ने गरेको छ । त्यसो त लोकदर्शन रेग्मी पनि बिचौलियाकै घेरामा रमाउनेमा पर्दछन् ।
बिहीबार मुख्यसचिव बनाइएका बैकुन्ठ अर्याल पनि मुख्यसचिव हुने लाइनमा थिएनन् । तर उनलाई एनसेलदेखि बिभिन्न घरानाले बैरागी अवकाश हुनु ३ महिनाअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर मुख्यसचिव बनाएको छ । बैरागी स्वभाविक रुपमा २०८० असोज १५ मा अवकाश हुँदा मुख्यसचिवका दाबेदारमा सचिवहरु सूर्यप्रसाद गौतम, सुरेश अधिकारीहरु थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend