Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुर यातायात व्यवस्था कार्यालयबाट एक बिचौलिया पक्राउ


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक जना बिचौलिया पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरेको प्रहरीले बताएको छ ।

    शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार