Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


    आइतबार, जेष्ठ २१ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा-८ सत्यवतीस्थित केवरेडाँडामा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

    मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

    दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार