Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


    आइतबार, भाद्र १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरेन्द्रनगर। जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो।

    उक्त दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए। चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ। जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।

    आइतबार बिहान ६:४५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार