Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ७ जना घाइते


    मंगलबार, माघ १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-८ कि १३ वर्षीया मनिषा विष्ट रहेकी छन् ।

    प्रहरीका अनुसार दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार