Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोविता गौतमले गरिन् गृहेन्द्रसँग सुटुक्क विवाह, हनिमून मनाउन जापानमा


    शुक्रबार, जेष्ठ १९ २०८०
    5.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र चितवनका गृहेन्द्र घिमिरे हालै विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु दुवै लामै समयदेखि प्रेमसम्बन्धमा थिए । गृहेन्द्र घिमिरेले सोवितासँग विवाह गरेको स्वीकार गरेका छन् ।

    गृहेन्द्र घिमिरे माओवादीमा आवद्ध छन् । उनी माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाताले भाञ्जा पर्छन् । उनीहरुले घरमा पूजा लगाएर सानो जमघटका साथ विवाह गरेका छन् । विवाहको मितिका बारेमा भने घिमिरेले खुलाउन चाहेनन् । सोविता र मेरो ‘विवाह भएको हो’– उनले भने ।

    विवाहपछि उनीहरु दुवै जना जापान घुम्न गएका छन् । सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार