Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीको एनएमबी बैंक शाखाबाट रकम लुटपाट


    मंगलबार, जेष्ठ १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंकबाट रकम लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

    प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार