Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनमा रवि लामिछानेको मतान्तर थप बढेसँगै जित सुनिश्चित


    मंगलबार, बैशाख १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ७ हजार ७८७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    गन्न बाँकी रहेको मतभन्दा लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ । लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार