२२ माघ २०७७ मा नारायणहिटी दरबारअगाडि एमालेको सभामा पोलपोलमा टाँगिएको ओलीको फोटो अंकित बोर्ड । २०८३ असार ७ गतेदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनमा चितवनमा टाँगिएको रवि र बालेनको पोेलपोलमा राखिएको बोर्ड ।
काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार हुँदा २०७४ देखि २०७८ सम्म शासन संचालन गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्दै उनका तस्वीर अंकित होर्डिङ बोर्डहरु पोलपोलमा टाँगिए ।
ओलीले महेश बस्नेत, ऐन महर, राजीव पहारी, क्षितिज थेबेहरुलाई आफ्नो प्रशस्ती गान गर्न लगाउने, पोलपोलमा फोटो टाङ्न लगाए । ‘आज होइन, भोलिलाई १० बर्ष केपी ओलीलाई भन्दै नारा उराल्न लगाइयो । तर, २०७४ मा १२१ सिट एक्लै जितेको एमाले २०७९ मा ७८ सिटमा खुम्चियो ।
कांग्रेससँग सत्ता गठबन्धन गरेको १४ महिनामै प्रधानमन्त्रीको कुर्सी छाडेर ओली बालुवाटारबाट हेलिकोप्टरबाट भाग्नुपर्ने परिस्थिति निम्तियो । राजीनामा पनि सेनालाई दिने अवस्था आयो । २०७७ मा एमालेबाट माधव नेपालहरु अलग भएपछि १० बर्ष ओलीले देश चलाउने भने । तर ५ बर्षमै एमाले २५ सीटमा खुम्चिनुपरेको छ ।
२०८२ फागुन २१ गते भएको निर्वाचनमा नेपाली जनताले दुईतिहाईको नजिक बहुमत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र पनि नेतृत्वलाई देवत्वकरण गर्ने क्रम सुरु भएको छ । रास्वपाको आइतबारदेखि चितवनमा सुरु भएको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको तस्वीर अंकित होर्डिङ बोर्ड भरतपुर महानगरपालिकामात्र होइन, चितवनका सबैतिर टाँगिएको छ ।
नेतृत्वको देवत्वकरण गर्नेमा ओलीपछि रास्वपाका लामिछाने र वालेन्द्र शाह देखिएका छन् । ओलीले एमालेभित्र आफ्ना समकालीन र आलोचनात्मक चेत भएकाहरुलाई पार्टीबाट लखेटिसकेपछि पार्टीका केन्द्रदेखि टोल कमिटीसम्मका कार्यक्रमको ब्यानरमा आफ्नो तस्वीर ठूलो बनाएर राख्नुपर्ने, तस्वीर नराखे कारबाही नै गर्ने आतंक सृजना गरेका थिए । त्यही शैली रास्वपामा देखिएको छ । पोलपोलमा रवि र वालेन्द्रको तस्वीर अंकित होर्डिङ बोर्ड राखिनुले त्यसैको झल्को दिएको अर्थमा लिन थालिएको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend