काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति र बरिष्ठ नेताको भेटवार्ता गराउन पनि मध्यस्थकर्ता नै चाहिने अवस्था विद्यमान देखिएको छ । सरकार संचालनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाहबीच ट्युनिङ नमिलेका समाचारहरु आउनु र उनीहरुको भेटवार्ता गराउन मध्यस्थकर्ता नै आवश्यक हुनुलाई संयोगमात्र मान्न सकिन्न ।
यसैक्रममा वालेन्द्र शाहलाई रवि लामिछानेसँग भेट गराएर रास्वपामा आवद्ध गराएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा उनीहरुबीच वार्ता गराउन पुलके भूमिका निभाएको स्रोतको दाबी छ ।
शाहकै मध्यस्थतामा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार र प्रधानमन्त्री कार्यालय सिंहदरबार छँदाछँदै २ जनाको भेटघाटको चाँजोपाँजो कमलपोखरीस्थित असिम शाहको निवासमा भएको छ ।
बुधबार साँझ भएको उक्त भेटवार्ता प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा केन्द्रित रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको रोहबरमा भएको उक्त भेटवार्तामा सभापति लामिछानेले प्रधानन्यायाधीशमा रोलक्रम मिच्न नहुने सुझाव दिएका थिए ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बिहीबार ५ बजे बोलाइएको छ । प्रधानमन्त्री कार्यालयमा बोलाइएको उक्त बैठकबाट नयाँ प्रधानन्यायाधीशको सिफारिस हुने बताइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भने बरिष्ठता मिचेर डा. मनोजकुमार शर्मा वा तिलप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सोचमा रहेको चर्चा भइरहेको छ ।
प्रधानन्यायाधीशमा रोलक्रम मिच्न खोजेको आशंकामा संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक फिर्ता गरिदिएका थिए । तर प्रधानमन्त्री शाहले पुनः अध्यादेश पठाएपछि राष्ट्रपति पौडेलले बाध्यात्मक रुपमा जारी गरेका थिए । जुन अध्यादेशमा संवैधानिक परिषदमा ६ जना हुने भएतापनि ३ जनाको बहुमत हुने अनौठो प्रावधान राखिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend