Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ७ जना घाइते


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका – ४ गोर्थुममा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

    ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाइते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

    घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा–७ का चन्द्र बहादुर खत्री, शितगङ्गा–२ का मिना थापा, मालारानी–५ बागीका रेमा भुसाल, पोम नारायण भुसाल, कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका १ का अशोक नेपाली छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार