Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने


    आइतबार, फाल्गुन २८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

    उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट तीन र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाको उम्मेदवारी परेको हो ।

     एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार