Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित


    आइतबार, फाल्गुन २८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आज उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो ।

    अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू रहेका छन् ।  जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव तथा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार