Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरी ४ को अन्तिम चरणको मतगणनामा कार्कीले लिए अग्रता, कसले मार्ला बाजी ?


    बिहिबार, मंसिर १५ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगिरहँदा झन् रोचक बन्दै गएको छ । उक्त क्षेत्रको जारी मतगणनामा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् ।

    कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि अग्रता लिएका हुन् ।

    संचार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश कुसियतबीचको प्रतिस्पर्धामा एकले अर्कालाई थोरैमतले भएपनि उछिनापाछिन चलिरहेको छ । 

    पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार