काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । साथै उनीहरुको साथबाट स्रोत नखुलेको थप ७१ हजार १ सय १५ रुपैयाँसमेत अख्तियारको टोलीले बरामद गरेको छ । घुस लिएको र स्रोत नखुलेको रकमसमेत ८ लाख २१ हजार १ सय १५ रुपैयाँ अख्तियारले बरामद गरेको छ ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंटौ तुलाकान्त चौधरीलाई घुससहित अख्तियारको बर्दिबासबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सोवापतको रकम भुक्तानी गर्ने क्रममा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट रू. ७ लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम एवं श्रोत नखुलेको ७१ हजार १ सय १५ रुपैयाँसहित पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
ढकाल र चौधरीको साथबाट मोबाइल ३ थानस वागमती नगरपालिका वडा नं. १२ स्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमुखको क्वाटरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend