काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोट बुद्व एयरको जहाजमार्फत धनगढी गएका हुन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् ।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।
धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । डा.केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend