काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि बढाइने बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न सादा पोसाकमा परिचालन हुने स्पेसल टास्क फोर्स गठन गर्ने योजना रहेको जानकारी दिए।
उनले सीमासम्बन्धी गतिविधिको नियमित र प्रभावकारी अनुगमनका लागि यस्तो संयन्त्र उपयोगी हुने उल्लेख गर्दै प्रत्यक्ष निरीक्षणको जिम्मेवारी अब विशेष टोलीलाई दिइने धारणा राखे।
गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले लामो समयदेखि विभिन्न समस्या र अभाव झेल्दै आएको उल्लेख गर्दै विगतमा ती क्षेत्रका जनभावनालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको बताए।
उनले अब ती प्रदेशका जनताको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिने स्पष्ट पार्दै दुःख र पीडालाई राजनीतिक लाभको विषय बनाउने अभ्यास अन्त्य हुनुपर्नेमा जोड दिए। साथै, सम्बन्धित क्षेत्रका नागरिकले भोग्दै आएका कठिनाइलाई सम्बोधन गर्ने दिशामा सरकार केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरे।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend