काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय संवेदनशील अवस्थामा रहेको बताए।
उनले भने, ‘चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन रु पचासौँ वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव। अब अर्को नयाँ दलाइ लामा नेपालमा भन्ने पनि हल्लाखल्ला छ।’
उनले अहिले जनताले प्राप्त गरेका अधिकार अपहरण भइरहेको बताए। उनले थपे, ‘जनताको उपलब्धि खोसिएका छन्। उत्पीडित वर्ग, समुदायमाथि उत्पीडन र निरङ्कुशता लाद्ने जमर्को भइराखेको छ। त्यसका विरुद्धमा साझा कार्यक्रम बनाउनुपर्छ।’
नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्ग, समुदायका अधिकार खोस्ने दुस्साहस भएको बताए।
उनले थपे, ‘जनतालाई सङ्गठित, आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, हामी त्यसरी लड्दैनौँ। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ।’
उनले भदौ घटनाजस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए।
उनले थपे, ‘हरेक पार्टीले आफ्नो गच्छेअनुसार र क्षमताअनुसार देशभरिबाट पाँच–सात लाख जनता काठमाडौँमा अनि हरेक सदरमुकाममा १ लाख, डेढ लाख, १ लाख, डेढ लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन तरु उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ, यतापट्टि किन नसोच्नेरु हामी सबैले सोच्नुपर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend