काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी बनाउन विगतका काम, नीति र व्यवहारको समीक्षा आवश्यक रहेको धारणा राखेका हुन् ।
उनले राजनीतिक समस्याका लागि अरूमाथि मात्र दोष थोपर्नुभन्दा वामपन्थी शक्तिहरूले आफ्ना निर्णय, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने बताए ।
सहसंयोजक नेपालले सत्तामा पुगेपछि बाह्य दबाबअनुसार अघि बढ्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन् । राष्ट्रिय हितलाई प्रभावित पार्ने विषयमा बाह्य शक्तिलाई सन्तुष्ट पार्ने उद्देश्यले निर्णय लिन नहुने उनको भनाइ थियो ।
उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा अघि बढाउन अतिवादी सोच र आत्मसमर्पणवादी प्रवृत्ति दुवैबाट टाढा रहनुपर्ने बताए । देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend