काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन ।
३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेर उम्मेदवारका फजुल खर्चमा निर्वाचन आयोगले रोक लगाएको छ ।
जसअनुसार आयोगले उपमहानगरपालिकाका मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यहरुका लागि ३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्ने गरी खर्चको सीमा तकिदिएको छ ।
उपमहानगरका मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन र घोडचढीमा १ लाख १० हजार, सवारी इन्धन र दानमा २६ हजार, प्रचार प्रसार सामाग्रीमा ८५ हजार, ढुवानीमा १५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख, अन्य प्रचार प्रसार ९छापा तथा विद्युतीय माध्यम० मा १ लाख, कार्यालय सञ्चालमा ४० हजार, प्रतिनिधि परिचालनमा ६० हजार र विविधमा १३ हजार गरी ५ लाख ५० हजार रुयैँया मात्रै खर्च गर्न पाउने सीमारेखा कायम गरेको हो ।
यसैगरी, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसंख्यक सदस्यहररूले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा २० हजार, सवारी इन्धन र दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा ३५ हजार, ढुवानीमा ८ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ६५ हजार, अन्य प्रचार प्रसार (छापा तथा बिद्युत्तिय माध्यम) मा १५ हजार, कार्यालय सञ्चालनमा ६७ हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविधमा ४ हजार ५ सय गरी २ लाख ५० हजार रुयैँया भित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।
गत आइतबार स्थानीय तहका उम्मेदवारले चुनाव चिन्ह पाए लगत्तै सोमबार बिहानैदेखि घरदैलो अभियानलाई थप तीब्रता दिएका छन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend