खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवासङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ ।
केपी ओली नेतृत्वको नेकपा (एमाले)बाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवासङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो ।
नवगठित दुवै कमिटीका पदाधिकारीलाई एकीकृत समाजवादी खोटाङका सचिव जलशेर राईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । नवगठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनियताको शपथग्रहण गराउँदै पार्टीका जिल्ला सचिव राईले अब जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन गठन गरेर पार्टीका गतिविधि अगाडि बढाउने बताएका छन् ।
एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठलगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले दुई घण्टा बाक्सिला बजारको सरसफाइसमेत गरेको छ ।
हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीतिअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताए ।
सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजन भएर केन्द्रमा नेपाल नेतृत्वको नयाँ पार्टी गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा एकीकृत समाजवादीले पार्टी कमिटी गठनको काम सुरु गरेको छ ।
केन्द्रमा औपचारिकरूपले पार्टी विभाजन भएलगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरूबीच औपचारिकरूपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम शुरु गरिएको जिल्ला सचिव राईले बताए ।
केन्द्रमा एमाले विभाजन भए पनि १० स्थानीय तह रहेको जिल्लामा अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा देखिएका छन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend