काठमाडौं । विगत ३५ बर्षमा देशमा बिचौलियाहरुको राज चलेको भन्दै त्यसको अन्त्य गर्ने बाचा गर्दै दुईतिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका मन्त्रीहरु पनि त्यही पथ अनुशरण गर्न थालेका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको डिजाइनमा राष्ट्रिय ब्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुणचन्द्र झाले एआई तालिम निजी कम्पनीलाई दिएका तथ्य खुलेको छ ।
सार्वजनिक रुपमा सूचना नै ननिकाली सुटुक्क ज्ञान बजार अनलाइन प्रा.लि. लाई एआई तालिम संचालन गर्न दिइएको थियो । गोरखापत्र वा अन्य प्रभावकारी संचारमाध्यममा सार्वजनिक सूचना प्रकाशित गरेको भए स्वयं एआई तालिम दिने संस्थाहरुले समेत आवेदन दिन सक्थे । तर प्रतिष्ठानको नयाँ बेवसाइटमा सानो सूचनामात्र राखिएको थियो, जुन बेवसाइटमा राखेको सूचना कसैले पनि थाहा नपाउने भएकाले ज्ञानबजारसँग सेटिङ अनुुसार नै एआई तालिमको सम्झौता(एमओयु) गरिएको थियो ।
सीप मेलामा तालिम दिएकै आधारमा समितिको बैठकले आईएनजी ग्रुप प्रा.लि. लाई छनोट गरिएको दाबी प्रतिष्ठानका कार्यकारी निर्देशक झाले गरेका छन् । तर समितिको बैठकमा रोजगारदाताका तर्फबाट प्रतिनिधित्व गर्ने बिष्णु गड्तौलाले यसरी सार्वजनिक रुपमा सूचना प्रकाशित नगरी एआई तालिमका लागि ज्ञानबजार वा आईएनजी ग्रुपलाई दिंदा विवाद हुने, प्रश्न उठ्न सक्ने तर्क गर्दै असहमति जनाएका थिए । तर गड्तौलाको कुरा नै नसुनी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र झाको सेटिङमा ज्ञानबजार र आईएनजी ग्रुपलाई एआई तालिमको जिम्मा दिइएको स्रोतको दाबी छ ।
प्रतिस्पर्धा नै नगराई पहिले नै ज्ञानबजारलाई छनोट गर्नेगरी सेटिङ मिलाएर बेबसाइटमा कागजी प्रक्रिया पूरा गरेको देखाउन बेबसाइटमा सूचना निकालेको आरोप प्रतिष्ठानका कार्यकारी निर्देशक झामाथि लागेको छ ।
निःशुल्क एआई तालिम दिने भनेर सुरुमा ज्ञानबजारलाई प्रवेश गराएर उक्त संस्थालाई ब्रान्डिङ गर्ने र पछि सबै त्यस्ता तालिम सोही संस्थामार्फत् दिने र महंगो शुल्क लिनेगरी चलखेल भएको स्रोत बताउँछ ।
युवा मन्त्रालय अन्तर्गतको राष्ट्रिय ब्यवसायिक प्रशिक्षण प्रतिष्ठानले सुरुमा इजरायलको तालिमबाट सुरुवात गरी एआई तालिममा पनि ज्ञानबजारलाई प्रवेश गराउनुको भित्री उद्देश्य आगामी दिनमा सबै खालका यस्ता तालिम उसलाई दिने रहेको युवा मन्त्रालय सम्बद्ध स्रोत बताउँछ । युवा मन्त्रालयका अधिकारी भन्छन्–विनाप्रतिस्पर्धा यसरी अमुक संस्थालाई एआई तालिम दिन सम्झौता गर्नु कानुनबिपरीत हो ।
प्रतिष्ठानले ज्ञान बजार अनलाइन प्रा.लि.लाई एआई तालिम दिनका लागि सम्झौता गरिसकेपछि उक्त संस्थाको छनोट बिधि कसरी भयो भनेर सार्वजनिक सूचना निकालेको प्रमाण दिन सकेको छैन । ज्ञानबजार अनलाइन प्रालिले आईएनजी ग्रुप प्रा.लि.सँग मिलेर तालिम दिने गरी प्रतिष्ठानसँग २०८३ कात्तिक १३ गते एआई तालिम दिने सम्झौता गरेको छ । ज्ञानबजार स्वयंले दिने नभएर बीचमा अर्को संस्था आईएनजी ग्रुुप घुसाएर ऊ मार्फत् तालिम दिइएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको योजना अनुसार उनले नियुक्त गरेका राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुणानन्द झाले ज्ञान बजार अनलाइनलाई एआई तालिमको नाममा छिराउने र ब्रान्डिङ गर्दै आगामी दिनमा बिदेश जाने सबै देशका कामदारलाई तालिमको ठेक्का दिई करोडौं असुल्न दिने निहीत उद्देश्य रहेको स्रोतले बताएको छ ।
मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा कैलाश खड्कको समूहलाई अनुमति दिएर जसरी अरबौै ठगी भयो, प्रतिष्ठानले दिंदैआएको एआई तालिम निजी कम्पनीलाई दिएर पोस्ने काममा श्रममन्त्री यादव तल्लीन भएर लागिसकेका छन् । सुरु सुरुमा निःशुल्क तालिम दिने भनेर बिस्तारै जतिसक्दो शुल्क लिने छुट दिनेगरी मन्त्री यादवले ज्ञानबजारलाई अगाडि बढाएको आरोप छ । प्रतिष्ठानबाट अब हुने तालिममा यसअघि एआई तालिम दिएको संस्थालाई प्राथमिकता दिई छनोट गर्नका लागि ज्ञानबजारलाई एआई तालिमको जिम्मा दिइएको प्रष्ट भएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र ING Group Pvt. Ltd.। एवं ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा २०८३ कात्तिक १८ र १९ गते बेलुका ६ बजेदेखि ८ बजेसम्म जम्मा ४ सेसनमा अनलाइनमार्फत् एआई तालिम सम्पन्न गरिसकेको छ । निःशुल्क एआई तालिम दिएका प्रमाणपत्रहरु पनि रास्वपाका समर्थकहरुबाट सामाजिक संजालमा राखी ब्रान्डिङ गर्ने काम पनि भइरहेको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक गुणचन्द्र झा भन्छन्–एआई तालिम पहिलो पटक संचालन भएको हो । ज्ञानबजारलाई नै के आधारमा छनोट गर्नुभयो त भन्ने प्रश्नमा उनले भने– एउटा ग्रुपलाई अनलाइनबाट गर्न सकिन्छ कि भनेर टेष्ट गरिएको हो । निःशुल्क त्यस्तो तालिम संचालन गर्ने संस्था कोही छ भनेर मागेका थियौं । पत्रिकामा सूचना निकालेर मागेको दाबी गर्दै झाले ज्ञानबजार बाहेक अरु कोही आएनन् ।
ज्ञानबजार स्वयंले तालिम संचालन नगरी आईएनजी गु्रुपमार्फत् एआई तालिम दिएको रहेछ नि भन्ने जिज्ञासामा झाले भने–आईएनजी ग्रुपले सीपमेलामा राम्रोसँग एआई तालिम संचालन गरेकाले समावेश गरिएको दाबी गरेका छन् । अहिले निःशुल्क एआई तालिमका नाममा ज्ञानबजारलाई छिराउने र पछि मलेसियाको स्वास्थ्य परीक्षणमा भएका ठगीजस्तै तालिममा चर्को शुल्क लिनेगरी सबै तालिम उसैलाई दिनेगरी सेटिङमा अगाडि बढाइएको आरोप मन्त्री यादव र तपाईमाथि लागेको छ नि भन्ने प्रश्नमा झाको भनाइ छ–‘मानिसको सोच त्यस्तो हुनसक्छ ।
ज्ञानबजारलाई एउटा सानो ग्रुपका लागि एकपटक अनलाइन गरेर हेर्ने गरी दिएको हो । त्यसको फिडब्याक कस्तो आउँछ, समिति छ नि प्रगति पेश गरेपछि यसपछि अनलाइन गर्ने कि नगर्नेबारेमा छलफल हुन्छ । ज्ञानबजारसँग एउटा ग्रुपलाई एकपटकका लागि निःशुल्क मात्र हो भने भनेर सम्झौता गरिएको हो । भविष्यमा उसैसँग गर्ने भनिएको छैन । भविष्यमा सरकारले अनलाइन तालिम नै गर्ने भन्योा भने खुला आह्वान हुनेछ सबैका लागि । सबैले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका अस्पतालहरुको स्तरोन्नतिका लागि विश्व बैंकले दिएको १४ अर्ब रुपैयाँ अनुदान र सहुलियत ऋणबाट स्वास्थ्य उपकरण खरिद...
काठमाडौं । नेपालको पर्यटन प्रबद्र्धनमा पर्यटन बोर्डको ठूलो भूमिका रहँदैआएको छ । दुईतिहाईलाई एक सिट कम रहेको वालेन्द्र शाह नेतृत्वको सरकारले सात महिनासम्म पर्यटन...
काठमाडौं । पाँच बर्षअघिदेखि अलपत्र इलाम–झापा फास्ट ट्रयाक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको...
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनसम्बन्धी ६ करोडभन्दा बढीको ठेक्का प्रकरण विवादमा परेको छ । न्यूनतम कबोल रकमभन्दा करिब २ करोड ९५...
काठमाडौं । बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)को कार्यकारी निर्देशकका लागि पुनः विज्ञापन आह्वान गरिएको छ । २०८३ कात्तिक २१ गते २१ दिनको म्याद दिएर कार्यकारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend