Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • शीतल निवासमा राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता


    शुक्रबार, मंसिर १२ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    हिजो रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । सो भेटमा बालेनको भारतको औपचारिक भ्रमण लगायतका विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्रीसँगको भेटपछि रविले आज राष्ट्रपतिलाई पनि भेटेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार