Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आपूर्तिका लागि बोलपत्र आह्वान


    शुक्रबार, मंसिर १२ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • 0काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् आयात गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ ।

    चौबिसै घण्टा विद्युत् आपूर्ति (राउन्ड द क्लक-आरटीसी) हुने गरी खरिद प्रक्रिया अघि बढाएको प्राधिकरणले शुक्रबार भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो ।

    प्राधिकरणका अनुसार भारतमा क्याटागोरी-१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमति पत्र प्राप्त कम्पनीहरू यस खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

    इच्छुक कम्पनीलाई २०८३ पुस १३ गते (२८ डिसेम्बर २०२६) दिउँसो १२ बजेसम्म प्रस्ताव बुझाउने समय दिइएको छ । सोही दिन दिउँसो १ बजे प्राधिकरणको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा प्राविधिक प्रस्ताव खोलिनेछ । त्यस क्रममा बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि उपस्थित हुन सक्नेछन् ।

    बोलपत्रमा सहभागी हुन १२ हजार ५०० भारतीय रुपैयाँ वा सोबराबरको नेपाली रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । प्रस्तावित विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले बोलपत्र धरौटी राख्नुपर्ने सर्तसमेत तोकिएको छ ।

    खरिद प्रक्रियासम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणालीबाट प्राप्त गर्न सकिनेछ । बोलपत्रदाताले सोही प्रणालीमार्फत आफ्नो प्रस्ताव पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    प्राप्त बोलपत्रमध्ये कुनै वा सबै प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अधिकार प्राधिकरणमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार