हेटौंडा । आर्थिक जोहो गरेर परिवारलाई सुख दिने उद्देश्यले बैदेशिक रोजगारीमा रहेका श्रीमानको कमाई लिएर श्रीमती सम्पर्कबिहीन भएकी छन् ।
मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारबाट परिवारलाई सुख दिनका लागि बैदेशिक रोजगारीमा रहेका श्रीमान मोतिलाल रुम्बाले दुःखजिलो गरेर कमाएको पैसा लिएर श्रीमती गीता रुम्वा बेपत्ता भएकी हुन् ।
बर्ष दिनअघि रोजगारीका लागि क्रोएशिया गएका मोलीलालले कमाएको ७ लाख रुपैयाँ नगद, १ दशमलब ५ तोला सुन र १० धुर जमिनसहित गीता (मंसिर ८ गते) बुधवारबाट परिवारबाट सम्पर्कबिहीन भएकी हुन् ।
दुई सन्तानकी आमा रहेकी गीताले २ बर्षीया छोरीलाई सँगै लगेकी छन् भने छोरालाई घरमै छोडेर हिंडेको जेठाजु नमराज रुम्बाले बताए । बेपत्ता भएकी गीताको अन्तिम लोकेसन भीमफेदी बसपार्क देखाएको र पछि मोवाईल अफ गरिएको उनले जानकारी दिए ।
परिवारबाट बेपत्ता भएको जानकारी प्रहरीलाई गराइसकेको उनले बताए । परिवारबाट बेपत्ता भएकी गीताको बारेमा जानकारी हुने र देख्नेले परिवारको नम्बर वा प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।
कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० एसपीको सरुवा गरेको छ । मंगलबार राति गरिएको एसपी सरुवामा रुपन्देहीका जनकबहादुर शाही र झापाका बसन्धुरा खड्कालाई चलाइएको...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका–५ स्थित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend