Nepal Face
  • बुधबार, १० मंसिर २०८३
  • पोखराबाट १ लाख २ हजार नगदसहित ७ जना जुवाडे पक्राउ


    बुधबार, मंसिर १० २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

    पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई नगद १ लाख २ हजार २ सय २० रूपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार