Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री


    बुधबार, मंसिर १० २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    उनले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम भइरहेको धारणा राखे । नयाँ पत्रकारिताका आयामहरुलाई समेत राज्यले चिन्ने गरि कानुन निर्माण गरिने उनले बताए।

    उनले युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक भएको बताए। मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसलाई प्रतिष्ठित क्षेत्रको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार