Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • काठमाडौँको तारकेश्वरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ


    मंगलबार, मंसिर ९ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका–५ स्थित लोलाङ धितालथोक क्षेत्रबाट ९७ ग्राम ६७० मिलिग्रम खैरो हेरोइन बरामद गरेको हो ।

    खैरो हेरोइन सहित नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएर अहिले सोही स्थानमा बस्दै आएका २२ वर्षीय धिरज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।

    मङ्सिर ७ गते दिउँसो सो क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो । उनको साथबाट बरामद गरिएको उक्त पदार्थ जाँच गर्ने क्रममा ९७ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार