काठमाडौँ। सरकारले स्वास्थ्य बीमा परिचय पत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन परिपत्र गरेको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै स्वास्थ्य बीमा परिचय पत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा फोटोकपीका आधारमा पनि सेवा दिन भनेको हो ।
परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेश गरेको अवस्थामा उक्त कार्डमा उल्लिखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भएरनभएको यकीन गरेर स्वासथ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न हुन अनुरोध छ ।’
यससँगै स्वास्थ्य बीमा परिचय पत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्र बीमितलाई सेवाबाट वञ्चित नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा आबद्ध भई पार्टीको नीति र हित विपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनको कारबाही...
कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ...
काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ बिक्री गर्न...
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend