Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • कांग्रेसको १५औं महाधिवेशनको विवरण निर्वाचन आयोगले गर्‍यो अद्यावधिक


    बुधबार, मंसिर १० २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट संशोधित विधान र नयाँ कार्यसमितिको अभिलेख अद्यावधिक भएको छ।

    निर्वाचन आयोगको बैठकले कांग्रेसको विवरण अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले कांग्रेसको विवरण बुधबार अद्यावधिक भएको जानकारी दिए।

    गत असोजमा भएको कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। कांग्रेसले विधान संशोधन गर्दै विभिन्न पदहरू सिर्जना गरेको थियो। सोही विधानसहितको नयाँ कार्यसमितिको विवरण अद्यावधिक भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार