Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • त्रिभुवन विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ 


    बुधबार, मंसिर १० २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

    हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

    मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सह प्रवक्ता उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार