Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • जुवाखालबाट भानु नगरपालिकाका मेयर त्रिपाठीसहित २४ जना पक्राउ, ९ लाख ६० हजार रुपैयाँ बरामद


    सोमबार, मंसिर ८ २०८३
    390
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीसहित २४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

    मेयर त्रिपाठीसहित २४ जनालाई शुक्रबार काठमाडौंको म्हैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँ भन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले जुवाखालबाट नेपाली नगद रु. ९ लाख ६० हजार ५ सय रुपैया), अमेरिकी डलर ४ सय ६० भारतीय रुपैयाँ ५ सय र कौडा थान १६ सहित नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जुवा खालबाट पक्राउ पर्नेहरुमा निरज निरौला, बसन्त अधिकारी, जयराम पाण्डे, शिव भट्ट, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्दराज त्रिपाठी र शालिग्राम वाग्ले रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

    जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएकाहरुको सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार