Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • प्रहरीको गुनासो सम्बोधन गर्न एसपीको नेतृत्वमा आठ सदस्यीय टोली गठन


    बिहिबार, मंसिर ४ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ।

    अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक ९एसपी० गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा। मनोज कुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको हो।

    टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका मर्का र गुनासो सुनेर अभिलेख राख्नेछ। प्राप्त गुनासो समयमै सम्बोधन गर्न सम्बन्धित कार्यालयसँग समन्वय गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको छ।

    टोलीमा कार्य विभागका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका प्रहरी निरीक्षक प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाकी प्रहरी निरीक्षक सञ्चिता श्रेष्ठ र कल्याण महाशाखाकी प्रहरी वरिष्ठ नायब निरीक्षक शान्ता लक्ष्मी बलामी छन्।

    अपराध अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर देउजा र विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे पनि टोलीका सदस्य छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार