राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै पार्टीकी सांसद आशिका तामाङलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । रास्वपाले शनिबार ललितपुरको स्टाफ कलेजमा आयोजना गरेको संसदहरुको प्रशिक्षण कार्यक्रमको बिरोधमा सामाजिक संंजालमा लेखेपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ ।
सांसदहरुको प्रशिक्षण कार्यक्रममा आशिका उपस्थित नभएको र स्थानको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै लेखेकी थिएन् ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा रास्वपाले ‘सक्षम सांसद, सशक्त संसद्’ नामक दुई दिने प्रशिक्षण कार्यक्रममा सांसद तामाङसहित केही सदस्य अनुपस्थित थिए । सांसदहरुको प्रशिक्षण जारी रहँदा उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिंहदरबारभित्रै पर्याप्त सरकारी हलहरू हुँदाहुँदै बाहिर महँगो शुल्क तिरेर कार्यक्रम गरिएको भन्दै आपत्ति जनाएकी थिइन् ।
तामाङले फजुल खर्चको विरोध गर्दै नयाँ भनिएको पार्टीको व्यवहार पनि पुराना दलहरू जस्तै भएको भन्दै आलोचना गरेकी थिइन् ।
स्टाफ कलेज जस्तो सरकारी प्रशिक्षण केन्द्रलाई पाँचतारे होटलसँग तुलना गरी भ्रम फैलाएको र पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै रास्वपाले उनलाई स्पष्टीकरण सोध्न लागेको बताइएको छ ।
रास्वपा स्रोतका अनुसार विषयको गाम्भीर्यता नबुझी र कार्यक्रममा सहभागी नै नभई सार्वजनिक टिप्पणी गरेको भन्दै तामाङलाई स्पष्टीकरण सोध्न लागिएको बताइएको छ । प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति नै न्यून भएका बेलामा तामाङको यो टिप्पणीले पार्टीभित्रको आन्तरिक कलहलाई सतहमा ल्याइदिएको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend