Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


    आइतबार, कार्तिक २३ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    गएराति करिब ११स्५० बजे कोशी लोक मार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार