Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आशिका क्रसर बन्द गर्ने : सरकार डिजल नदिने, मन्त्री काम नगरेको भन्दै ठेकेदार थुन्ने ?


    शनिबार, जेष्ठ २ २०८३
    990
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नौबीसे–मलेखु–मुग्लिङ सडक खण्डको एक खण्डको ठेक्का लिएको कम्पनी शर्मा एण्ड कम्पनीका संचालक रमेश शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्देशनमा बैशाख २८ गते प्रहरी परिचालन गरी नियन्त्रणमा लिएर पूर्वाधार विकास मन्त्रालयमा पुर्याइयो ।

    बर्षा लागिसक्दा पनि नौबीसे–मलेखु–मुग्लिङ सडक खण्डको निर्माण सुस्त रहेको बिषयमा पूर्व मन्त्री कुलमान घिसिङले सामाजिक संजालमा लेखेपछि भौतिक मन्त्री लम्सालले शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा ल्याउन आदेश दिएका थिए । मन्त्री लम्सालको आदेशमा शर्मालाई हाजिर गराइए पनि नौबीसे–मलेखु–मुग्लिङ सडक निर्माणमा बिलम्ब हुनुमा ठेकेदार मात्र जिम्मेवार नभएको तथ्य खुल्यो ।

    सडक निर्माणमा बिलम्ब हुनुको मुख्य कारण निर्माण सामग्री अभाव, सरकारले पर्याप्त मात्रामा डिजल दिन नसक्नु र इरान–अमेरिका युद्धपछि बिटुमिनमा भएको मूल्यबृद्धि रहेकोा बिषय अवगत गराएपछि पूर्वाृधार मन्त्रालयका सचिव गोपालाप्रसाद सिग्देलले निर्माण ब्यवसायी शर्मासँग माफी मागेर उनलाई बिदा गरेका थिए । शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा लगिएपछि उनलाई ठूलो अपराधीका रुपमा मिडियामा चित्रण गरिसकिएको थियो । सडक निर्माणमा बिलम्ब हुनुको मुख्य कारण सरकारले बुझ्नै नबुझी प्रतिष्ठित निर्माण ब्यवसायीलाई सरकारले धरपकड गरी हुर्मत लिने काम गर्यो । पहिला सुन्ने अनि मात्र थुन्ने गर्नुपर्नेमा सरकार उल्टो दिशातिर लागेको छ ।

    नौबीसे–मलेखु–मुग्लिङ सडक निर्माणमा किन भइरहेको छ बिलम्ब ?

    नौबीसे–मलेखु–मुग्लिङ सडक निर्माणमा ढिला हुनुको मुख्य कारण निर्माण सामग्री अभाव नै मुख्य हो । धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङले चैतको पहिलो साता धादिङका कुनै पनि खानी वा खोलाबाट गिटी बालुवा उत्खनन् नगर्न क्षेत्राधिकार नाघेर निर्देशन दिइन् । उक्त सडक निर्माणमा स्थानीय निर्माण सामग्रीको प्रयोग गर्नेगरी स्टीमेट गरी त्यही दररेटमा ठेक्का सम्झौता भएकोमा आशिकाको उक्साहटपछि क्रसर संचालन हुन अवरोध भयो । र, सडक निर्माण अवरुद्ध भयो ।

    इन्धनको मूल्यबृद्धि एकातिर रहेको र अर्कोतिर आवश्यक इन्धन दिन नसकेको बिषयमा पनि शर्माले मन्त्री लम्सालको टीमलाई बताएका थिए । इरान–अमेरिका युछअघि बिटुमिनको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको थियो भने अहिले बृद्धि भएर १ सय ४० रुपैयाँ पुगेको छ । तर सरकार सबै दोष ठेकेदारमाथि थोपरेर चुनाव अगाडि वालेन्द्र शाहले सुदूरपश्चिममा समयमा काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्ने भन्ने शैलीमा प्रस्तुत भएको छ । ठेक्का समयमा सम्पन्न नहुनुको दोष सबै ठेकेदारमाथि थोपर्दै ब्यवसायीलाई धरपकड गरी आतंकित बनाइरहेको छ ।

    पर्याप्त इन्धन दिने, इन्धन र बिटुुमिनको मूल्यबृद्धिपछि मूल्य समायोजन गरी सहजीकरण गर्नुपर्ने सरकार ठेकेदारलाई थुनेर समाधान खोजीरहेको देखिन्छ ।
    शर्माले मन्त्री लम्सालदेखि सचिव सिग्देलसहितका अगाडि भनेका थिए–हाम्रोमा दैनिक २० हजार लिटर डिजेल खपत हुन्छ तर, २० हजार लिटरको लागि पैसा बुझाउँदा पनि ४–५ हजार लिटर मात्रै डिजेल पाइन्छ । त्यसले काम कसरी हुन्छ ?

    पाँच–छ किलोमिटरमा बेस हालेर राखेका छौँ तर बिटुमिन छैन, पिच गर्न पाएका छैनौँ । हालिएको बेस बिग्रिन थालिसक्यो । यसको सहजीकरण कसले गर्ने हो ?’ शर्माले मन्त्रीलाई यी र यस्ता प्रश्न गरेका थिए । सरकारले निर्माण सामग्री उत्खनन् गर्न नदिने, इन्धन पर्याप्त उपलब्ध नगराउने, बिटुमिन र इन्धनको मूल्यबृछि समायोजन नगर्ने तर ठेकेदारलाई थुनेर काम गराउन खोजेकोमा निर्माण ब्यवसायी आक्रोशित भएका छन् ।

    बैशाख २८ गते नै लामा कन्ष्ट्रक्सनका पिताम्बर बडुलाई समेत प्रहरी लगाएर सरकारले नियन्त्रणमा लिएर पूर्वाधार विकास मन्त्रालयमा पुर्याएको थियो । कुलमान घिसिङले नौबीसे–मलेखु–मुग्लिङ सडक निर्माणमा भइरहेको बिलम्ब र सरकारको बेवास्ताका बारेमा सामाजिक संजालमा लेखेपछि मन्त्री लम्साल र प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारले लामा कन्ष्ट्रक्सनका बडुलाई समेत प्रहरी लगाएर प्रतिशोध साँधेको अर्थ पनि लगाउन थालिएको छ । लामा कन्ष्ट्रक्सनमा कुलमानका दाजुभाइ र भतिजाहरुको लगानी भएकाले बडुलाई पक्राउ गरिएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार