Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • पत्रकारहरूसँग आशिका तामाङको गुनासो, घेराबन्दी गर्ने र जबर्जस्ती प्रतिक्रिया लिन पाइन्छ ?


    बुधबार, चैत्र २५ २०८२
    465
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पत्रकारहरुले मर्यादामा रहेर प्रतिक्रिया लिनुपर्ने बताएकी छन् । मिडियाप्रति आफूहरुको सम्मान यथावत रहेको तर केही मिडियामा देखिएको घेराबन्दी गर्ने, जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पु‍¥याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल नखाने उनको धारणा छ ।

    सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन भन्दै सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुनुपर्ने उल्लेख गर्दै सामाजिक संजालमा लेखेकी छन् । प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्ने उनको भनाइ छ ।

    आशिका सामाजिक संजालमा लेख्छिन्–‘सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन । सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुन्छ पनि ।

    मिडियाप्रति हाम्रो सम्मान यथावत छ, तर केही मिडियामा देखिएको घेराबन्दी गर्ने, जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पु‍¥याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल खाँदैन । विशेषगरी महिला सांसदहरूलाई लक्षित हुने यस्तो व्यवहारले साइबर बुलिङविरुद्ध उठाइएका आवाजसँग बिरोधाभास सिर्जना गर्छ ।

    प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्छ । व्यवस्थित संवादका लागि समय, स्थान र बिधि तय गरेर अघि बढ्नसके सबै पक्षको गरिमा जोगिनेछ ।’

    संविधान हातमा लिएर हिन्दी गीतमा नाचेको टिकटक भिडियोका बारेमा सामाजिक संजालमा ट्रोल बनाइएकी तामाङले त्यसको बारेमा बुधबार संसद भवन परिसरमा पत्रकारहरुले प्रश्न सोधेपछि आक्रोशित भएकी थिइन् । उनले आफूले ओढारबाट चेपाङ बच्चालाई उद्धार गरेको बिषय पत्रकाहरुले नदेखेकोमा आक्रोश प्रकट गर्दै संसद परिसरबाट अर्की सांसद ज्वाला संग्रौलासँगै बाहिरिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार