काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पत्रकारहरुले मर्यादामा रहेर प्रतिक्रिया लिनुपर्ने बताएकी छन् । मिडियाप्रति आफूहरुको सम्मान यथावत रहेको तर केही मिडियामा देखिएको घेराबन्दी गर्ने, जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पु¥याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल नखाने उनको धारणा छ ।
सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन भन्दै सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुनुपर्ने उल्लेख गर्दै सामाजिक संजालमा लेखेकी छन् । प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्ने उनको भनाइ छ ।
आशिका सामाजिक संजालमा लेख्छिन्–‘सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन । सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुन्छ पनि ।
मिडियाप्रति हाम्रो सम्मान यथावत छ, तर केही मिडियामा देखिएको घेराबन्दी गर्ने, जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पु¥याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल खाँदैन । विशेषगरी महिला सांसदहरूलाई लक्षित हुने यस्तो व्यवहारले साइबर बुलिङविरुद्ध उठाइएका आवाजसँग बिरोधाभास सिर्जना गर्छ ।
प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्छ । व्यवस्थित संवादका लागि समय, स्थान र बिधि तय गरेर अघि बढ्नसके सबै पक्षको गरिमा जोगिनेछ ।’
संविधान हातमा लिएर हिन्दी गीतमा नाचेको टिकटक भिडियोका बारेमा सामाजिक संजालमा ट्रोल बनाइएकी तामाङले त्यसको बारेमा बुधबार संसद भवन परिसरमा पत्रकारहरुले प्रश्न सोधेपछि आक्रोशित भएकी थिइन् । उनले आफूले ओढारबाट चेपाङ बच्चालाई उद्धार गरेको बिषय पत्रकाहरुले नदेखेकोमा आक्रोश प्रकट गर्दै संसद परिसरबाट अर्की सांसद ज्वाला संग्रौलासँगै बाहिरिएकी थिइन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend