काठमाडौं । मिटरब्याजीमाथि कडा कारबाही गर्ने अभियानमा सरकार लागेको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि अर्को फरार हुन थालेका छन् ।
क्यासिनोमा जुवा हार्नेलाई १ लाखको एक दिनमा १ हजार रुपैयाँसम्म ब्याज असुली गर्ने मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ सरकारले खोजी गरेपछि उनी भूमिगत भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको सूचना प्रहरीबाटै चुहिएपछि वीरेन्द्रलाल श्रेष्ठले भने नेपाल छाडिसकेको स्रोत बताउँछ ।
क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अर्बपति भएका व्यक्ति हुन् ।
साठीदेखि ७० को दशकमा उच्च प्रहरी अधिकृतकै संरक्षणमा वीरेन्द्रलालले मिटरब्याजको धन्दा गर्दैआएका छन् । ४० लाख ब्याजमा दिएर ४ करोडको घर बलजफ्ती पास गराउन लगाउने गरेको आरोप पनि उनीमाथि लागेका थिए । उच्च प्रहरी अधिकृतको रकम बीरेन्द्रलालले मिटरब्याजमा लगानी गर्ने गरेका थिए । प्रहरी अधिकृतको रकम लिएर ब्याजमा लगाउने गरेकाले उनीहरुकै नाम लिएर तर्साएर असुल्ने गरेका थिए । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा श्रेष्ठसहितले मिटरब्याजको धन्दा चलाउने गरेका थिए ।
प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा धेरै उजुरी परेपछि सम्पत्ति शुद्धीकरण र मिटरब्याजमा छानबिन गर्नका लागि सरकारले श्रेष्ठको खोजी सुरु गरेपछि उनी फरार भएका छन् । पक्राउ पर्नसक्ने भएपछि उनी स्थलमार्ग हुँदै भारततर्फ पुगेको आशंका कतिपयले गरेका छन् । तर उनी मोवाइल नं. अफ गरी उच्च प्रहरी अधिकृतहरुसँग ह्वाट्सएप र भाइबरमार्फत् सम्पर्कमा रहेको पनि स्रोत बताउँछ । ८ बर्षअघि २०७५ जेठमा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले हतियारको आडमा धम्क्याएर मिटरब्याजमा लगानी गर्नेबिरुद्ध अप्रेशन नै चलाएको थियो । वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पासहितबाट महाशाखाले हतियारसमेत बरामद गरेको थियो ।
क्यासिनोमा लगानीसमेत गरेका वीरेन्द्रलालले ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका थिए । उच्च प्रहरी अधिकारीसँगको साँठगाँठमा मिटरब्याजको कारोबारमात्र होइन, लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डाराज चलाएका दर्जनौं उजुरी प्रहरी कार्यालयहरुमा पुग्थे । तर उनी पक्राउ पर्नबाट जोगिंदै मिटरब्याजको धन्दा गर्दैआएका थिए । २ सय प्रतिशतभन्दा चर्को व्याजमा रकम लगानी गर्ने र उनीहरूका घरबारी नै कब्जा गर्ने श्रेष्ठ अहिले अर्वपति बनेका छन् ।
बीरेन्द्रलालले कुनै बेला गुन्डा लगाएर जग्गा प्लटिङमा समेत गुण्डागर्दी गरी तर्साएर हिस्सा लिने गरेको आरोप लागेको थियो । काभ्रेको कानपुर घर भएका वीरेन्द्रलाल सुरुमा काठमाडौंमा कालो मिटरवाला तीन पांग्रे टेम्पु चलाउँथे । ०५४–५५ सालमा थोत्रो मोटरसाइकलमा हिंड्ने बीरन्द्रलाल काठमाडौंमा दर्जनौं घरदेखि जग्गाका मालिक छन् ।
लाख ब्याजमा दिएर करोडौंको घरजग्गा वीरेन्द्रलालले हडपेपछि सडकको बास हुन पुगेका पीडितहरु धेरै छन् ।
वालेन्द्र शाह नेतृत्वको सरकारले निष्पक्ष छानबिन गर्ने हो भने सबै सूचना दिन उनीहरु आउने अवस्था रहन सक्छ । तर, प्रहरीकै उच्च अधिकारीको रकम ब्याजमा चलाउने गरेकाले धेरै पीडित सार्वजनिक रुपमा आउन सकेका छैनन् ।
सीआईबीले मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेडाई, तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ लगायतको अबैध सम्पत्तिमाथि छानबिन थालेको थियो । तर पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरी अरुलाई उन्मुक्ति दिइएको थियो ।
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल...
काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो। यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना...
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend