काठमाडौँ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्ने ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लव नेपालसहित २० वटा सटरमा सोमबार ताला लगाएको छ ।
परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लव, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, उपभोक्ता मन्चसहितका कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । सटरको बक्यौता बुझाउनका लागि पटक–पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।
काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिएका छन् । हाल १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको छ । रिपोर्टर्स क्लवले मात्रै करिब ७३ लाख भाडा बुझाउन बाँकी छ ।
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि धमलाले भृकुटीमण्डपमा रहेको समाजकल्याण परिषदको सटर भाडामा लिएका थिए । भाडामा लिएदेखि नै उनले नतिरी राजनीतिक नेताहरुको शक्ति देखाउँदे तिर्न अटेरी गर्दैआएका थिए ।
रौतहट ४ बाट गएको फागुन २१ को प्रतिनिधिसभा चुनावमा ६५३ मत ल्याएका धमला पछिल्ला दिनमा प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेको जयजयकार गर्दै टीभीदेखि युटयुबमा अन्तर्वार्ता दिंदैआए पनि उनको सटरमा ताला लगाइएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend