काठमाडौं । सरकार फेरिनेबित्तिकै अघिल्लो सरकारका पालामा नियुक्ति पाएकाहरुलाई हटाउने प्रचलन रहँदैआएको छ ।
फरक पार्टीको सरकार आएपछि अघिल्लो सरकारबाट नियुक्तहरुलाई हटाउनु सामान्य जस्तै मानिन्छ । तर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नै पार्टीको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टलाई हटाएका छन् । उनले मन्त्रिपरिषदबाटै निर्णय गराई उनलाई २०८० असोज ५ गते हटाएका हुन् ।
भट्ट २०७८ मंसिर ९ मा सदस्य सचिव नियुक्त भएका थिए । जुन समयमा प्रधानमन्त्री देउवा थिए । नेपाली कांग्रेसबाट राष्ट्रियसभा सांसद तारादेवी भट्टका छोरा हुन् मनोज भट्ट ।
कांग्रेसकै मन्त्री सुरेन्द्र आचार्यले उनलाई हटाएपछि उनले न्याय माग्दै २०८० असोज १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । जुन रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश इश्वर खतिवडाको इजलासले सरकारका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको छ । महिला मन्त्री आचार्यले सदस्य सचिव भट्टसँग ठूलै रकम माग गरेको र त्यो नदिएपछि हटाएको स्रोतको दाबी छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend