काठमाडौं । सरकार फेरिनेबित्तिकै अघिल्लो सरकारका पालामा नियुक्ति पाएकाहरुलाई हटाउने प्रचलन रहँदैआएको छ ।
फरक पार्टीको सरकार आएपछि अघिल्लो सरकारबाट नियुक्तहरुलाई हटाउनु सामान्य जस्तै मानिन्छ । तर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नै पार्टीको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टलाई हटाएका छन् । उनले मन्त्रिपरिषदबाटै निर्णय गराई उनलाई २०८० असोज ५ गते हटाएका हुन् ।
भट्ट २०७८ मंसिर ९ मा सदस्य सचिव नियुक्त भएका थिए । जुन समयमा प्रधानमन्त्री देउवा थिए । नेपाली कांग्रेसबाट राष्ट्रियसभा सांसद तारादेवी भट्टका छोरा हुन् मनोज भट्ट ।
कांग्रेसकै मन्त्री सुरेन्द्र आचार्यले उनलाई हटाएपछि उनले न्याय माग्दै २०८० असोज १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । जुन रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश इश्वर खतिवडाको इजलासले सरकारका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको छ । महिला मन्त्री आचार्यले सदस्य सचिव भट्टसँग ठूलै रकम माग गरेको र त्यो नदिएपछि हटाएको स्रोतको दाबी छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend