काठमाडौ । रिपोर्टर्स क्लव संचालन गरेबापत करिब ७० लाख भाडा सरकारलाई नबुझाएका ऋषिराज धमलाले चुनावमा शर्मनाक हार ब्यहोरेपछि प्रभु साह नेतृत्वको आमजनता पार्टी(आजपा)नै छाडेको घोषणा गरेका छन् ।
आजीवन आफैैं अध्यक्ष रहेको रिपोर्टर्स क्लव नेपालबाट उनले सोमबार उक्त घोषणा गरेका हुन् । धमलाले आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको भन्दै यो निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
यो पनि पढ्नुहोस् :
धमलाकी श्रीमती एलिजा गौतमलाई आजपा पार्टीको समानुपातिकतर्फ खस आर्य महिनामा पहिलो नम्बरमा राखिएको छ । यद्यपि समानुपातिकतर्फको मतगणना हेर्दा आजपा पार्टीले थ्रेसहोल्ड कटाउने संभावना कुनै देखिंदैन ।
आजपाले थ्रेसहोल्व्ड नकटाउने र श्रीमती पनि सांसद हुने संभावना नदेखिएपछि चुनावको नतिजा आउँदा नआउँदै धमलाले उक्त पार्टी छाडेको घोषणा गरेका छन् । चुनाव चिह्न प्रयोग गरेर आजपाबाट निर्वाचनमा उम्मेदवारी दिएर मैले पार्टीको सदस्यता नै लिएको छैन भनेर धमलाले जग हँसाउने कुरा गरेका छन् ।
धमलाले भूकम्पपछि रिपोर्टर्स क्लवको कार्यालय भृकृटीमण्डपस्थित समाज कल्याण परिषदको स्वामित्वको भवनमा भाडा तिर्नेगरी सारेका थिए । तर कार्यालय राखेदेखि अहिलेसम्म उनले भाडा नतिरेपछि समाजकल्याणले ताकेता गरेको गर्यै छ । तर उनी बक्यौता नतिरी अटेरी गरेका गर्यै छन् ।
रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पौडेलले ३६८७६ मत ल्याई निर्वाचित हुँदा धमलाले ६५५ मत मात्र पाएका छन् । उनको जमानतै जफत भएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend